क्रिकेट

७७ रन बनाएर आउट भए रोहित

इकागज |
फागुन २८, २०७९ आइतबार १२:२७ बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा युनाइटेड अरब इमरेट्स (युएई) विरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको ३८औँ ओभरमा कप्तान रोहित पौडेल आउट भए । आयान अफजल खानले गरेको ३८औँ ओभरको तेस्रो बलमा आउट हुँदा रोहितले १ सय १२ बलमा महत्वपूर्ण ७७ रन बनाए । उनले ९ चौका प्रहार गरे ।


यसअघि भिम सार्की २९ रन, कुशल मल्ल ९ रन तथा कुशल भुर्तेल ८ रनमा आउट हुँदा आशिफ शेख शून्य रनमै पभेलियन फर्किए ।

युएईका आयान अफजल खानले २ तथा रोहन मुस्तफा, आर्यन लाकरा र जुनैद सिद्दिकीले एक-एक विकेट लिए ।

अहिले नेपालले १ सय ७० रन बनाएको छ ।  


Author

थप समाचार
x