क्रिकेट

लिग-२: पीएनजीविरुद्ध नेपाल

सन्दीपले लिए पहिलो ओभरमै विकेट

इकागज |
फागुन २९, २०७९ सोमबार १०:३० बजे

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालका सन्दीप लामिछानेले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध आफ्नो पहिलो बलमै विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीका सेसे बाउ (१८ रन) लाई सन्दीपले आफ्नो पहिलो ओभर तथा टिमको १४ औँ ओभरको अन्तिम बलमा बोल्ड गरे ।


यसअघि नेपाली बलर ललित राजवंशी र सोमपाल कामीले समान एक-एक विकेट हात पारेका थिए । सोमपालले हिरी हिरीलाई १४ रनमा आउट गर्दा ललितले किपलिन डोरिगाको विकेट हात पारे ।


Author

थप समाचार
x