क्रिकेट

पीएनजीमाथि नेपालको शानदार जित

इकागज |
फागुन २९, २०७९ सोमबार १२:४५ बजे

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो ।

पपुवा न्यूगिनी (पीएनजी) ले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कुशल भुर्तेलले ३३ रन जोडे । कुशलले १४ बल खेल्दा २ छक्का र ४ चौका हिर्काए । आशिफ शेखले २१ बलमा सर्वाधिक ५३ रन बनाए । उनले ८ चौका र ३ छक्का हिर्काए । कुशल मल्लले १२ रन जोडे । पीएनजीका चाड सोपरले एक विकेट लिए ।


यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाउँदै केवल ९५ रन बनायो । पीएनजीका लागि असाद भालाले सर्वाधिक २० रन जोडे ।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट हात पारे । ललित राजवंशी र कुशल मल्लले २ तथा सोमपाल कामीले १ विकेट लिए ।


Author

थप समाचार
x