नेपाल र युएइबीचको खेलको टिकटबाट उठेको पैसा खेलाडी कोषमा
काठमाडौँ - आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भोलि हुने नेपाल र युएइबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज उक्त घोषणा गरेको हो ।
आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कोष बनाइन लागिएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए । नेपाल र युएइसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको स्रोत पहिचान गरेर कोषको आकार बढाइनेछ ।
उनले भने, 'कुनै खेलाडी बिरामी तथा अन्य कुनै समस्या परेका खण्डमा उक्त कोषबाट खर्च गर्छौं, यसले खेलाडीलाई समस्या परेका बेला सहायता गर्न सहज हुन्छ ।' नेपाल र युएइबीचको खेलको टिकट माइपेबाट अनलाइन किन्दा रु एक सय २० र गेटमा किन्दा रु एक सय ५० मा बेच्ने गरेको छ ।
लिग–२ कै अन्तिम तथा महन्वपूर्ण खेलमा नेपालले बिहीबार युएइसँग प्रतिस्पर्धा गर्दैछ । नेपाललाई सोझै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न उक्त खेल जित्नैपर्ने दबाब छ । नेपालका लागि यो खेल महत्वपूर्ण रहेको हजारौँ दर्शकको उपस्थिति रहको अनुमान गरिएको छ । अहिलेसम्म १० हजारभन्दा बढी टिकट बिक्री भइसकेको जनाइएको छ । लिग टु मा नेपालको ३५ खेलबाट ३८ अंक रहेको छ । भोलिको खेल जिते नेपाल शीर्ष ३ मा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया