नेपाली टोलीलाई हौसला दिन क्रिकेट मैदानमा प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
तस्बिर : क्यान
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएईबीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् । बिहीबार नेपाली क्रिकेटरहरूलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पाहुना टोली युएईविरुद्ध पहिले बलिङ गरेको छ ।
टिममा एक परिवर्तन भएको छ । करण केसी बाहिर रहँदा गुलशन झाले टिममा स्थान बनाएका छन् । नेपालले आजको खेलमा प्रतिश जि.सी. र ज्ञानेन्द्र मल्ललाई पनि बेन्चमा राखेको छ ।
२०१९ बाट सुरु विश्वकप लिग-२ सिरिजको यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।
लिग टू अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ । आज खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर लिग टू अन्त्य गर्दै जिम्बाबेको टिकट काट्नेछ ।
यता समान खेलबाट ३३ अंक जोडेको युएई छैटौं स्थानमा छ । लिग टू मा स्कटल्याण्ड शीर्ष स्थानमा रहदै र ओमान दोस्रो स्थानमा रहदै विश्वकप छनोटमा पुगिसकेका छन् ।
अब शीर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल पाँचौ स्थानमा रहेको छ ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया