क्रिकेट

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

इकागज |
चैत २, २०७९ बिहीबार ११:० बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले १७ औँ ओभरमा दोस्रो विकेट गुमाएको हो ।


नेपाली स्पिनर सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाए । सन्दीपले ६३ रन बनाएका मुहम्मद वासिमको विकेट हात पारे ।

युएईले ९८ रन बनाएको छ ।


Author

थप समाचार
x