क्रिकेट

विश्वकप लिग-२

युएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य

इकागज |
चैत २, २०७९ बिहीबार १३:२१ बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।


युएईका लागि कीर्तिमानी ४१ बलमा शतक पूरा गरेका आसिफ खानले १ सय १ रन जोडे । उनले ११ छक्का ४ चौका हिर्काए । युएईका लागि भृत्य अरविन्दले ९४ रन बनाए ।

कप्तान मुहम्मद वासिमले ४९ बलमा २ चौका र ६ छक्काको मदतमा ६३ रनको योगदान गरे । रोहन मुस्तफाले २० रन, आर्यन लाकरा ६ रन तथा चुन्डानगापोयिल रिजवान ७ रनमा आउट भए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी १-१ विकेट हात पारे ।


Author

थप समाचार
x