सन्दीपले एकै ओभरमा दिए लगातार चार छक्का
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा चारवटा छक्का दिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा सन्दीपले एकै ओभरमा लगातार चार छक्का दिएका हुन् ।
सन्दीपले गरेको १० औँ ओभरमा युएईका आसिफ खानले दोस्रो देखि पाँचौ बलमा लगातार छक्का हिर्काएका हुन् । युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाउँदा आसिफले ४२ बलमै अविजित १ सय १ रन बनाए । उनले ४ चौका र ११ छक्का हिर्काए ।
लामिछानेले समग्रमा सात छक्का दिएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया