क्रिकेट

आईपीएल जित्नेले कति पुरस्कार पाउँछन् ?

इकागज |
चैत १८, २०७९ शनिबार १६:९ बजे

काठमाडौँ- १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबारबाट भारतमा सुरु भएको छ । लिगमा साविक विजेता गुजरात टाइटन्ससहित विभिन्न १० टिमको सहभागिता रहेको छ ।

आईपीएल विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगिताको रुपमा लिने गरिएको छ । खेलाडीले पाउने पारिश्रमिक पनि चर्चाको विषय बन्ने गरेको छ ।


त्यसो भए यस सिजनका लागि कति पुरस्कार छुट्याइएको छ ?

आईपीएल आयोजकले जनाए अनुसार यस पटकको विजेताले २० करोड भारतीय रुपैयाँ पाउने भएको छ । त्यसैगरी, उपविजेताले १३ करोड पाउनेछ । तेस्रो र चौथो हुने टिमले समान ७-७ करोड हात पार्ने छन् ।

यता इमर्जिङ खेलाडीले २० लाख, सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने तथा सुपर स्ट्राइकरले समान १५-१५ लाख पाउनेछन् । पावर प्लेयर, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले समान १२-१२ लाख पाउने भएका छन् ।


Author

थप समाचार
x