क्रिकेट

श्रीलंका र न्यूजिल्यान्डबीचको खेल ‘टाइ’, सुपर ओभरमा श्रीलंका विजयी

इकागज |
चैत १९, २०७९ आइतबार १०:४५ बजे

काठमाडौँ- श्रीलंका र घरेलु टोली न्यूजिल्यान्डबीचको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल ‘टाइ’ भएको छ । अकल्यान्डमा आइतबार भएको पहिलो खेलमा दुबै टिमले समान १ सय ९६ रन जोड्यो ।

जितका लागि १ सय ९७ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन जोड्यो । अन्तिम बलमा जितका लागि न्यूजिल्यान्डलाई ७ रनको आवश्यकता भएपछि इश सोधीले छक्का प्रहार गरेपछि खेल टाइ भयो ।


न्यूजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ६६ रनको योगदान गरे । श्रीलंकाका प्रमोद मदुसन, वानिन्डु हसरंगा र दासुन शनकाले समान २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले चरिथ असालन्काको ६७ रन तथा कुशल पेरेराको ५३ रनको मदतमा ५ विकेट गुमाएर १ सय ९६ रन जोड्यो ।

सुपर ओभरमा भने श्रीलंका विजयी भयो । पहिले ब्याटिङ गर्दै न्यूजिल्यान्डले ८ रन जोडेपछि श्रीलंकाले ९ रनको लक्ष्य सहजै पूरा गर्‍यो ।


Author

थप समाचार
x