क्रिकेट

भारतले उपाधि जितेको १२ वर्षको अवसरमा विश्वकपको लोगो सार्वजनिक

इकागज |
चैत १९, २०७९ आइतबार १२:१० बजे

काठमाडौँ- इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले भारतले सन् २०११ मा जितेको आईसीसी पुरुष विश्वकप क्रिकेटको उपाधिको १२औँ वर्षको उपलक्ष्यमा यसै वर्ष आयोजना हुने विश्वकपको लोगो सार्वजनिक गरेको छ ।

आईसीसीले आइतबार २०२३ मै भारतमा आयोजना हुने विश्वकपका लागि लोगो सार्वजनिक गरेको हो । विश्वकप सुरु हुनुभन्दा ६ महिना अगाडि आईसीसीले लोगो सार्वजनिक गरेको हो । १० टिमको सहभागिता रहने विश्वकपमा ४८ खेल हुनेछ ।


सन् २०११ को अप्रिल २ मा भारतको मुम्बईस्थित वाङखेडे स्टेडियममा भएको फाइनलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको भारतले उपाधि जितेको थियो ।

२ सय ७५ रनको लक्ष्य पछ्याउँदा धोनीले ४९औँ ओभरमा छक्का प्रहार गर्दै भारतलाई जित दिलाएका थिए ।


Author

थप समाचार
x