फेयर ब्रेक टी-ट्वान्टीः सीताको टिम पहिलो खेलमै पराजित
काठमाडौँ- हङकङमा सोमबारबाट सुरु भएको फेयर ब्रेक इन्भिटेसनल टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालकी सीता रानामगर सम्मिलित टोर्नाडोजले पराजय भोगेको छ ।
कुउलुनमा भएको खेलमा फाल्कोन्सले टोर्नाडोजलाई ४१ रनले पराजित गर्यो । टोर्नाडोजका लागि प्लेइङ-११ मा परेपनि सीताले भने बलिङ र ब्याटिङ गर्ने अवसर पाइनन् ।
जितका लागि १ सय ५१ रनको लक्ष्य पछ्याएको टोर्नाडोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९ रनमात्र जोड्न सक्यो । उसका लागि सुने लसले सर्वाधिक ४८ रन बनाइन् ।
फाल्कोन्सका लागि मरिनाजे काप र सोरनारिन टिपोचले समान ३-३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको फाल्कोन्सले थिर्थ सतिसको ५७ रनको मदतमा ६ विकेट गुमाएर १ सय ५० रन जोड्यो । टोर्नाडोजका लागि सुने लुस र विनिफ्रेडले समान २-२ विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया