क्रिकेट

यी हुन् २०२३ आईपीएल अक्सनका सर्वाधिक महंगा पाँच खेलाडी

इकागज |
चैत २१, २०७९ मंगलबार १३:२४ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) सर्वाधिक चर्चित र सफल लिगको रुपमा रहँदै आएको छ । आईपीएलमा सहभागी टिमले विश्वभरीका उत्कृष्ट खेलाडी भित्र्याउन करोडौ खर्चने गरेका छन् । आईपीएलमा खेलाडीले पाउने पारिश्रमिकको पनि निकै चर्चा चल्ने गरेको छ । 

२०२३ को आईपीएल सुरु भइसकेको छ र यसका लागि भएका अक्सनमा सर्वाधिक रकम पाउने पाँच खेलाडी यी हुन्:


ह्यारी ब्रुक- इंग्ल्यान्डका ब्याट्सम्यान ह्यारी ब्रुकलाई सनराइजर्स हैदराबादले १३ करोड २५ लाख भारतीय रुपैयाँमा भित्र्याएको थियो । इंग्ल्यान्डको उमेर समूहका लागि समेत खेलिसकेका ब्रुकले इंग्ल्यान्डका लागि २० वटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

निकोलास पुरन- वेस्ट इन्डिजका विकेट-किपर ब्याट्सम्यान पुरनलाई लखनउ सुपर जायन्ट्सले १६ करोडमा टिममा ल्याउन सफल भयो । यसअघि पञ्जाब किंग्स र सनराइजर्स हैदराबादका लागि खेलिसकेका पुरनले गत वर्ष हैदराबादका लागि ३ सय ६ रन बनाएका थिए ।

बेन स्टोक्स- इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सलाई चेन्नई सुपर किंग्सले १६ करोड २५ लाखमा भित्र्यायो । सन् २०१८ देखि राजस्थान रोयल्सका लागि खेलेका स्टोक्स विश्वका एक उत्कृष्ट अलराउन्डर मानिन्छन् । उनी ब्याट र बलिङबाट टिमलाई जित दिलाउने क्षमता राख्छन् ।

क्यामेरोन ग्रिन- अस्ट्रेलियाका अलराउन्डर क्यामेरोन ग्रिनलाई २०२३ को आईपीएलका लागि मुम्बई इन्डियन्सले १७ करोड ५ लाखमा खरिद गर्‍यो । ग्रिनलाई उदाउदो युवा खेलाडीको रुपमा लिइन्छ । उनी ग्राउन्डको चारैतिर रन बनाउन सक्ने तथा बललाई टर्न गराउन सक्ने खेलाडी हुन् ।

साम कुरान- इंग्ल्यान्डका अलराउन्डर साम कुरानलाई अक्सनका क्रममा पञ्जाब किंग्सले १८ करोड ५ लाखमा भित्र्यायो । यससँगै उनी आईपीएलको इतिहासमै सर्वाधिक महंगो खेलाडी समेत बने ।

सन् २०१९ मा पञ्जाबबाटै आईपीएल खेल्न सुरु गरेका कुरानले २०२० र २०२१ मा चेन्नईबाट खेले ।


Author

थप समाचार
x