क्रिकेट

आइपीएलमा साविक विजेता गुजराजको लगातार दोस्रो जित

इकागज |
चैत २२, २०७९ बुधबार ८:५४ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपीएल) मा साविक विजेता गुजरात टाइटन्सले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार राति दिल्लीमा भएको खेलमा घरेलु टोली दिल्लीलाई ६ विकेटले पराजित गर्दै गुजरातले दोस्रो जित दर्ता गरेको हो । दिल्लीको भने यो लगातार दोस्रो पराजय हो ।

जितका लागि चाहिएको १ सय ६३ रन गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातलाई जित दिलाउन साइ सुदर्शनले ४८ बलमा ६२ रनको योगदान गरे । दिल्लीका एनरिच नोर्जेले सर्वाधिक २ विकेट हात पारे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन जोड्यो । दिल्लीका लागि कप्तान डेभिड वार्नरले ३७ रन तथा अक्सर पटेलले ३६ रन जोडे । गुजरातका लागि राशिद खान र मोहम्मद सामीले समान ३-३ विकेट तथा अल्जारी जोसेफले २ विकेट हात पारे ।

आज राति राजस्थान रोयल्सले पञ्जाब किंग्सको सामना गर्नेछ ।


Author

थप समाचार
x