किम बनिन् फुल मेम्बर पुरुष टिमको अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरिङ गर्ने पहिलो महिला
काठमाडौँ- किम कटन आईसीसीको फुल मेम्बर पुरुष टिमको अन्तर्राष्ट्रिय क्रिकेट खेलमा अम्पायरिङ गर्ने पहिलो महिला अम्पायर बनेकी छन् । घरेलु टोली न्यूजिल्यान्ड र श्रीलंकाबीचको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलका क्रममा किमले अम्पायरिङ गरेकी थिइन् ।
यससँगै पुरुषको अन्तर्राष्ट्रिय क्रिकेट खेलमा अम्पायरिङ गर्ने किम पहिलो महिला अम्पायर बनेकी आईसीसीले जनाएको छ । उक्त खेल न्यूजिल्यान्डले ९ विकेटले जितेको थियो ।
४८ वर्षीया किमले यसअघि २०२० मा न्यूजिल्यान्ड र भारतबीचको खेलका क्रममा टिभी अम्पायर बनेकी थिइन् । उनले महिलाको ५४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय तथा २४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गरिसकेकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया