क्रिकेट

कलकताले बैंग्लोरलाई हरायो

इकागज |
चैत २४, २०७९ शुक्रबार ९:१८ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत कलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध शानदार जित हात पारेको छ । बिहीबार राति इडेन गार्डेन्समा भएको खेलमा कलकताले बैंग्लोरलाई ८१ रनले पाखा लगायो । आईपीएलमा कलकताको पहिलो जित तथा बैंग्लोरको पहिलो पराजय हो ।

जितका लागि २ सय ५ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय २३ रनमात्र जोड्न सक्यो । उसका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन बनाए । बैंग्लोरलाई सस्तैमा समेट्न कलकताका वरुण चक्रवर्तीले सर्वाधिक ४ विकेट तथा सुयास शर्माले ३ विकेट लिए ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनायो । शार्दुल ठाकुरले सर्वाधिक ६८ रन बनाउँदा रहमानुल्लाह गुरबाजले ५७ रनको योगदान गरे ।

बैंग्लोरका लागि डेभिड विल्ली र कर्ण शर्माले समान २-२ विकेट हात पारे । आज राति लखनउ सुपर जायन्टसले सनराइजर्स हैदराबादको सामना गर्ने भएको छ ।


Author

थप समाचार
x