आईपीएलः मुम्बई इन्डियन्स दोस्रो खेलमा पनि पराजित
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले लगातार दोस्रो पराजय भोगेको छ । बाङ्खेडेमा शनिबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बईलाई ७ विकेटले पराजित गरेको हो । मुम्बईले खेलेका दुवै खेलमा पराजय भोगेको छ भने तीन खेलमा दोस्रो जित हो ।
शनिबार रातिको खेलमा चेन्नईले १ सय ५८ रनको लक्ष्य १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । चेन्नईलाई जित दिलाउन अजिन्क्या रहाणेले सर्वाधिक ७१ रन तथा रुतुराज गाइक्वाडले ४० रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । मुम्बईका लागि इशान किशनले ३२ र टिम डेभिडले ३१ रन बनाए । चेन्नईका रविन्द्र जडेजाले ३ तथा तुसार देशपाण्डे र मिचेल सान्टनरले २-२ विकेट लिए ।
शनिबार नै राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया