क्रिकेट

बर्मी आर्मीको जितमा रुविनाले लिइन् विकेट

इकागज |
चैत २६, २०७९ आइतबार १५:४७ बजे

काठमाडौँ- हङकङमा जारी फायर ब्रेक इन्भिटेसनल टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा रुविना क्षेत्री सम्मिलित बर्मी आर्मीले तेस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा बर्मी आर्मीले वारियर्सलाई १७ रनले पराजित गर्‍यो ।

जितका लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको वारियर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४६ रनमात्र जोड्न सक्यो । वारियर्सका लागि क्याथरिन ब्रायसले सर्वाधिक ४५ रन बनाइन् । बर्मी आर्मीका लागि तारा नोरिस र दियान्द्रा डोटिनले २-२ तथा रुविना क्षेत्री, रुमना अहमद, कभिषा इगोडाग र फातिमा सानाले एक-एक विकेट हात पारे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बर्मी आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनायो । उसका लागि दियान्द्रा डोटिनले ४८ बलमा ३ चौका र ७ छक्काको मदतमा ६९ रन बनाइन् । रुमाना अहमदले ३७ रन जोडिन् । वारियर्सका लागि क्याथरिन ब्रायसले सर्वाधिक २ विकेट हात पारिन् ।


Author

थप समाचार
x