आईपीएलः बैंग्लोरमाथि लखनउको रोमाञ्चक जित
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि उत्कृष्ट जित हात पारेको छ । सोमबार राति एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा लखनउले बैंग्लोरलाई १ विकेटले पराजित गर्यो ।
बैंग्लोरले दिएको २ सय १३ रनको लक्ष्य लखनउले अन्तिम बलमा पूरा गर्यो । लखनउले ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
लखनउको जितमा मार्कस स्टोइनिसले ३० बलमा ६५ रन बनाउँदा ६ चौका र ५ छक्का हिर्काए । यता १९ बलमा ६२ रन बनाएका निकोलस पुरनले ४ चौका र ७ छक्का प्रहार गरे । बैंग्लोरका मोहमद सिराज र वायन पार्नेलले समान ३-३ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १२ रन बनायो । बैंग्लोरका लागि फाफ डु प्लेसिसले ७९ रन, विराट काहलीले ६१ रन र ग्लेन म्याक्सवेलले ५९ रन बनाए ।
यससँगै ४ मध्ये ३ खेल जितको लखनउ ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । बैंग्लोरको यो तीन खेलमा दोस्रो पराजय हो । बैंग्लोर २ अंकसहित सातौ स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया