दिल्लीले चौथो खेल हार्दा हारको 'ह्याट्रिक'बाट जोगियो मुम्बई
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले तीन खेलमा पहिलो जित हात पारेको छ । दिल्लीमा मंगलबार रति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै मुम्बईले पहिलो जित हात पारेको हो । दिल्लीको भने यो लगातार चौथो पराजय हो ।
जितका लागि चाहिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा कप्तान रोहित शर्माले ४५ बलमा ६५ रन जोडे । तिलक बर्माले ४१ रन बनाए । दिल्लीका लागि मुकेश कुमारले २ तथा मुस्ताफिजुर रहमानले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ७२ रन जोड्यो । उसका लागि अक्सर पटेलले ५४ रन तथा कप्तान डेभिड वार्नरले ५१ रन बनाए ।
मुम्बईका पियुश चावला र जासोन बेहरेनडोर्फले समान ३-३ विकेट तथा रिले मेरेडिथले २ विकेट लिए । आईपीएलमा आज राति चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सको सामना गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया