क्रिकेट

एसीसी प्रिमियर कपका लागि यस्तो छ यूएईको टिम

इकागज |
बैशाख १, २०८० शुक्रबार १४:३७ बजे

काठमाडौँ- नेपालमा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) ले १४ सदस्यीय टोलीको घोषणा गरेको छ । यूएईले मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

कुवेत, सिंगापुर, बहराइन र हङकङसँगै समूह ‘बी’ मा रहेको यूएईले त्रिवि मैदानमा पहिलो खेल अप्रिल १९ मा अकुवेतविरुद्ध खेल्ने तालिका रहेको छ ।


युएईको दोस्रो खेल हङकङविरुरु४ मुलपानी मैदानमा अप्रिल २१ तथा तेस्रो खेल सिंगापुरविरुद्ध त्रिवि मैदानमा अप्रिल २३ मा खेल्ने तालिका रहेको छ । युएईले समूह चरणको अन्तिम खेल बहराइनसँग अप्रिल २६ मा मुलपानी मैदानमा खेल्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् ।

दुबै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । मे १ मा हुने फाइनल विजेताले एसिया कप खेल्नेछ ।

यूएईको टिमः

मुहम्मद वसीम (कप्तान), आयन खान, अंश टन्डन, आर्यन लाक्रा, आसिफ खान, वासिल हमीद, जुनेद सिद्दीकी, कार्तिक मैयप्पन, मति उल्लाह, रमीज शहजाद, रोहन मुस्तफा, संचित शर्मा, भृत्य अरविन्द र जाहुर खान


Author

थप समाचार
x