रुविनाले अलराउन्ड प्रदर्शन गरेपनि बर्मी आर्मी सेमिफाइनलमै पराजित
काठमाडौँ- हङकङमा जारी फेयर ब्रेक इन्भिटेसनल टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत रुविना क्षेत्री सम्मिलित बर्मी आर्मी सेमिफाइनलबाटै बाहिरिएको छ । आज भएको दोस्रो सेमिफाइनल खेलमा फाल्कोन्ससँग ६ विकेटले पराजित भएपछि बर्मी आर्मी प्रतियोगिताबाट बाहिरिएको हो ।
बर्मी आर्मीले दिएको १ सय ५९ रनको लक्ष्य फाल्कोन्सले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । फाल्कोन्सका लागि चमारी अथापथ्थुले सर्वाधिक ७८ रन बनाइन् । बर्मी आर्मीका लागि रुविना क्षेत्रीले सर्वाधिक २ विकेट हात पारेपनि टिमलाई जित दिलाउन सकिनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बर्मी आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनायो । उसका लागि फातिमा सानाले ४५ रन तथा डियान्द्रा डोटिनले ४२ रन बनाए । रुविनाले १३ रन जोडिन् ।
फाल्कोन्सका लागि मारिजाने काप र मारिको हिलले समान ३-३ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया