आईपीएलः पञ्जाब किंग्सको तेस्रो जित
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले तेस्रो जित हात पारेको छ । शनिबार राति लखनउमा भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गर्यो ।
जितका लागि चाहिएको १ सय ६० रनको लक्ष्य पञ्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा सिकन्दर राजाले सर्वाधिक ५७ रन तथा म्याथ्यू शोर्टले ३४ रन बनाए । लखनउका युधविर सिंह, मार्क उड र रवि विस्नोइले २-२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन जोड्यो । लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७४ रन बनाए । पञ्जाबका कप्तान साम कुरानले ३ तथा कगिसो रबाडाले २ विकेट हात पारे ।
शनिबार नै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्यो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया