भारतको घरेलु क्रिकेट प्रतियोगिताको पुरस्कार राशीमा ठूलो वृद्धि
काठमाडौँ- भारतको क्रिकेट बोर्ड बीसीसीआईले भारतको घरेलु क्रिकेट प्रतियोगिताको पुरस्कार राशीमा ठूलो वृद्धिको घोषणा गरेको छ । नयाँ घोषणा अनुसार रणजी ट्रफी विजेताले पाँच करोड भारतीय रुपैयाँ पाउने आईएएनएसले जनाएको छ ।
यसअघि रणजी ट्रफी विजेताले २ करोड पाउने गरेको थियो । उपविजेता टोलीले अब ३ करोड पाउने छ । सेमिफाइनलमा पराजित हुनेले समान १-१ करोड पाउने भएका छन् ।
त्यसैगरी, दुलिप ट्रफी विजेताले यसअघि ५० लाख पाउने गरेकोमा अब १ करोड पाउनेछ । इरानी कप विजेताले ५० लाख पाउनेछ । यसअघि विजेताले २५ लाख पाउने गरेको थियो ।
विजय हजारे ट्रफी विजेताले पनि १ करोड पाउने भएको छ । यसअघि विजय हजारे ट्रफी विजेताले ३० लाख पाउने गरेको थियो ।
महिलाको सिनियर एकदिवसीय प्रतियोगिता विजेता टिमले ५० लाख पाउनेछ । यसअघि विजेताले टिमले ६ लाख पाउने गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया