एसीसी प्रिमियर कपमा नेपालको शानदार सुरुवात
काठमाडौँ- काठमाडौँमा आजबाट सुरु भएको एसीसी प्रिमियर कपमा नेपालले शानदार सुरुवात गरेको छ । समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
जितका लागि चाहिएको २३६ रनको लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा भिम सार्कीले ७१ रनको योगदान गर्दा कुशल मल्लले ७० रन जोडे । कप्तान रोहित पौडेल ४२ रन, कुशल भुर्तेल ३८ रन तथा आशिफ शेख १ रनमा आउट भए ।
मलेसियाका विजय उन्नी, मुहम्मद वाफिक, रिजवान हैदर र भिरणदिप सिंहले १-१ विकेट हात पारे ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन जोड्यो ।
मलेसियाका लागि कप्तान अहमद फैजले ९५ बलमा ७६ रनको योगदान गर्दा ८ चौका र एक छक्का हिर्काए । विरणदिप सिंहले ९४ बलमा ४६ रन बनाए । मुहम्मद अमिर १७ रनमा आउट भए ।
खिजार हायातले २२ रन, मुहमद सयाहादतले १५ रन, सयाजरुल इद्रुसले २१ रन, विजयी उन्नीले १२ रन तथा सयद अजिजले १३ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानले ३-३, ललित राजवंशी २ तथा गुल्सन झाले एक विकेट हात पारे ।
मुलपानी क्रिकेट मैदानमा भएको समूह ‘बी’ को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले पराजित गर्यो । सिंगपुरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा हङकङका बाबर हायातले १ सय ८ रन जोडे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया