क्रिकेट

हैदराबादलाई पराजित गर्दै मुम्बईले दर्ता गर्‍यो लगातार तेस्रो जित

इकागज |
बैशाख ६, २०८० बुधबार ९:२५ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले लगातार तेस्रो जित हात पारेको छ । मंगलबार राति हैदराबादमा भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गर्‍यो ।

सुरुवातका दुबै खेलमा पराजय भोगेको मुम्बईको यो पाँच खेलमा तेस्रो जित हो भने हैदराबादको पाँच खेलमा यो तेस्रो पराजय हो ।


मंगलबार राति १ सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ७८ रनमात्र बनायो । हैदराबादका लागि मयंक अग्रवालले ४८ तथा हेनरिच क्लासेनले ३६ रन बनाए । मुम्बईका लागि जासोन बेहरेन्डोर्फ, रिले मेरेदिथ र पियुश चावलाले समान २-२ तथा अर्जून तेन्दुलकर र क्यामेरोन ग्रिनले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९२ रन जोड्यो । मुम्बईका लागि क्यामेरोन ग्रिनले अविजित ६४ रन बनाए । हैदराबादका लागि मार्को जानसेनले सर्वाधिक २ विकेट हात पारे ।


Author

थप समाचार
x