आईपीएलः चेन्नईले जित्दा हैदराबादको चौथो हार
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले चौथो जित हात पारेको छ । शुक्रबार राति चेन्नईमा भएको खेलमा घरेलु टोली चेन्नईले हैदराबादलाई ७ विकेटले पराजित गर्दै ६ खेलमा चौथो जित दर्ता गरेको हो । हैदराबादको भने यो चौथो पराजय हो ।
शुक्रबारको खेलमा १ सय ३५ रनको लक्ष्य चेन्नईले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । चेन्नईलाई सहज जित दिलाउन डेभोन कोनवेले ५७ बलमा ७७ रनको योगदान गरे । हैदराबादका मयंक अग्रवालले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रनमात्र जोड्न सक्यो । अविशेक शर्माले ३४ तथा राहुल त्रिपाठीले २१ रन बनाए । चेन्नईका रविन्द्र जडेजाले सर्वाधिक ३ विकेट हात पारे ।
आज दुई खेल हुने तालिका रहेको छ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्स तथा दोस्रो खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सको सामना गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया