क्रिकेट

एसीसी प्रिमियर कपः सिंगापुरविरुद्ध युएईले बनायो ४ सय ७१ रन

इकागज |
बैशाख १०, २०८० आइतबार १२:४५ बजे

काठमाडौँ- नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (यूएई) ले सिंगापुरविरुद्ध विशाल योगफल तयार पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४ सय ७१ रन जोड्यो ।

यसअघि युएईले कुवेतलाई १ सय ४३ रनले पराजित गर्दा ३ सय ७१ रन जोडेको थियो । उक्त खेलमा भृत्यु अरविन्दले १ सय ८५ रन बनाएका थिए ।


सिंगापुरविरुद्ध भने यूएईका भृत्य अरविन्दले १ सय ७४ रन बनाए । उनले १ सय ३३ बल खेल्दा १७ चौका तथा ७ छक्का प्रहार गरे । अरविन्दले यसअघि कुवेतविरुद्ध पनि १७ चौका प्रहार गरेका थिए ।  

लागि कप्तान मुहम्मद वासिमले ८२ बलमा १ सय ६० रन बनाए । उनले १६ छक्का र ९ चौका हिर्काए । वासिम जारी प्रतियोगिताको एकै खेलमा सर्वाधिक छक्का हिर्काउन खेलाडी समेत बनेका छन् । यसअघि नेपालका कुशल मल्लले ओमानविरुद्ध १० छक्का तथा ९ चौका प्रहार गरेका थिए ।

आयान अफजल खानले ७४ रन बनाए ।

सिंगापुरका लागि अदवित्य भारगभले ४ विकेट, रमेश कालिमुथले ३, विनोथ बासकरणले २ विकेट तथा मनप्रित सिंहले १ विकेट हात पारे ।


Author

थप समाचार
x