क्रिकेट

आईपीएलः कलकतालाई हराउँदै चेन्नई शीर्ष स्थानमा

इकागज |
बैशाख ११, २०८० सोमबार ८:५० बजे

काठमाडौँ- चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति इडेन गार्डेन्समा घरेलु टोली कलकतालाई ४९ रनले पराजित गर्दै चेन्नई तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईले ७ मध्ये ५ खेलमा जित हात पार्दै १० अंक जोडेको छ । अर्कोतर्फ कलकताको ७ खेलमा यो पाँचौ पराजय हो । उसले २ खेल जितेर ४ अंकमात्र जोडेको छ ।


आइतबार राति २ सय ३६ रनको लक्ष्य पछ्याएको कलकता नाइट राइडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रनमात्र जोड्न सक्यो । कलकताका लागि जासोन रोयले ६१ रन तथा रिंकु सिंहले ५३ रन बनाए ।

चेन्नईका तुशार देशपाण्डे र महिश थिकसानाले २-२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ३५ रन जोड्यो । चेन्नईका लागि अजिन्क्या रहाणलेले २९ बलमा अविजित रहँदै ७१ रन बनाए । डेभोन कनवेले ५६ रन र शिवम दुवेले ५० रन जोडे । कलकताका कुलवन्त खेजरोलियाले सर्वाधिक २ विकेट हात पारे ।  

आइतबार नै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैँग्लोरले राजस्थान रोयल्सलाई ७ रनले पराजित गर्‍यो । आज सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x