नेपाल र साउदीबीचको खेल हुने सम्भावना न्यून बन्दै
काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेवियाबीचको खेल हुने सम्भावना न्यून बन्दै गएको छ । नेपाल र साउदी अरेवियाबीचको खेल हुने मुलपानी क्रिकेट मैदानमा निरन्तर वर्षा भइरहेका कारण खेल हुने सम्भावना न्यून बन्दै गएको हो ।
आइतबार रातिदेखि नै निरन्तर वर्षा भइरेको छ । जसका कारण अहिलेसम्म टस पनि भएको छैन । खेलका लागि दिउँसो २:१५ बजेका लागि कटअफ टाइम तथा २ बजेसम्म टस हुनुपर्नेछ । सो समयमा टस हुन सकेन भने खेल स्थगित हुनेछ ।
समूह ‘ए’ अन्तर्गत नेपाल लगातार तीन खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया