एसीसी प्रिमियर कप
कतारविरुद्ध नेपालको खराब सुरुवात
काठमाडौं - एसीसी प्रिमियर कपअन्तर्गत समूह 'ए' को अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । टस हारेको ब्याटिङको निम्तो पाएको नेपालले सुरुवातमै दुई विकेट गुमाएको हो ।
नेपालले ३.३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको छ । कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट भए भने भीम सार्की १२ बलमा ६ रन बनाएर आउट भए ।
त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया