सामान्य लक्ष्य पछ्याएको कतारले गुमायो आठौँ विकेट, नेपालको उत्कृष्ट बलिङ
काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालसँग खेलिरहेको कतारले आठौँ विकेट गुमाएको छ ।
घरेलु टिम नेपालले दिएको १५८ रनको चुनौती पछ्याउँदै गरेको कतारले आठौँ विकेट गुमाएको हो ।
नेपालका सोमपाल कामी, सन्दिप लामिछाने, ललितनारायणले विकेट लिए । सोमपालले ३, सन्दिप तीन र ललितले दुई विकेट लिएका हुन् ।
सोमपालले सोमपालले मोहम्मद तानविरलाई शून्यमै बोल्ड आउट गराएका थिए भने इमाल लियानागलाई ६ रनमा बोल्ड आउट गराए । उनले इक्रामउल्लाह खानलाई पाँच रनमा आउट गराएका हुन् ।
त्यस्तै, सन्दीप लामिछानेले जाहिर इब्राहिमलाई १५ रनमा र मोहम्मद रिजलानलाई चार रनमा आउट गराए ।
त्यस्तै, ललितनारायणले काम्रान खानलाई आठ रनमा पभेलियन फर्र्काए उनले सातौं विकेटमा अमिरलाई आउट गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया