क्रिकेट

आईपीएलः पञ्जाब र लखनउ भिड्दै

इकागज |
बैशाख १५, २०८० शुक्रबार ११:९ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध खेल्दैछ । पञ्जाब र लखनउबीचको खेल मोहालीमा नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

जारी लिगमा पञ्जाबले ७ मध्ये ४ खेलमा जित हात पार्दा ३ खेलमा पराजय भोगेको छ । पञ्जाब ८ अंकसहित छैटौ स्थानमा छ । यता लखनउले पनि पनि ४ खेलमा जित हात पार्दा ३ खेलमा पराजय भोगेको छ । लखनउले पनि ८ अंक जोडेपनि नेट रन रेटका आधारमा भने चौथो स्थानमा छ ।


यसैबीच, बिहीबार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ३२ रनले पराजित गर्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले ८ मध्ये ५ खेलमा जित हात पार्दै १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । यता गुजरात टाइटन्स र चेन्नईको पनि १० अंक भएपनि नेट रन रेटमा गुजरात दोस्रो स्थानमा छ ।

बिहीबार राति २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । चेन्नईका लागि शिवम दुबेले ५२ रन बनाए । राजस्थानका एडम जम्पाले सर्वाधिक ३ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ५ विकेट गुमाएर २ सय २ रन बनायो । यश्स्वी जैसवालले ७७ रन बनाए ।


Author

थप समाचार
x