क्रिकेट

वर्षाका कारण नेपाल र कुवेतबीचको खेल रोकियो

इकागज |
बैशाख १६, २०८० शनिबार ११:४ बजे

काठमाडौं - एसीसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल रोकिएको छ । वर्षाका कारण खेल रोकिएको हो ।  

किर्तिपुरस्थित खेल मैदानमा ब्याटिङमा आएको नेपालले २३.२ ओभरमा तीन विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।


सुरूवातीमा बिष्फोटक ब्याटिंग गरे पनि लगालग तीन  विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो । 
 
खेल पुन सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ । 


Author

थप समाचार
x