नेपाल र कुवेतबीचको खेल हुन नसके के हुन्छ ?
काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ । वर्षा जारी रहेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको खेल रोकिएको छ ।
वर्षाका कारण खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३ ओभर २ बलमा ३ विकेट गुमाएर १ सय ४१ जोडेको छ । कप्तान रोहित पौडेल ३० तथा कुशल मल्ल ३२ रनमा नटआउट छन् ।
नेपाल र कुवेतबीचको खेल सम्पन्न हुन कम्तिमा कुवेतले पनि २० ओभर ब्याटिङ गर्ने अवसर पाउनुपर्छ । अथवा खेलको नतिजा आउने छैन ।
यदि वर्षाका कारण नेपाल र कुवेतबीचको खेल हुन सकेन भने नतिजा नेपालको पक्षमा हुनेछ र नेपाल फाइनलमा पुग्नेछ ।
समूह चरणमा नेपालले चारमध्ये ३ खेलमा जित हात पार्दा एक खेलमा अंक बाँडेको थियो । अर्थात समूह ‘ए’ मा रहेको नेपाल समूह चरणका अपराजित रहेको थियो । जारी प्रतियोगितामा अपराजित रहने नेपाल एकमात्र टोली हो । नेपालले सबैभन्दा बढी ७ अंक समेत जोडेको थियो ।
कुवेत भने समूह ‘बी’ को उपविजेता बन्दा एक खेलमा पराजय भोगेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया