क्रिकेट

नेपाल र कुवेतबीच जारी सेमिफाइनल खेलको ओभर घटाइयो

इकागज |
बैशाख १६, २०८० शनिबार १२:९ बजे

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेलको ओभर घटाइएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको खेल वर्षाका कारण प्रभावित बनेपछि खेलको ओभर घटाइएको हो ।

दुबै इनिङ्सको ५-५ ओभर घटाइएको हो । अब दुबै टिमले ४५-४५ ओभर ब्याटिङ गर्ने भएका छन् । टियु मैदानमा घाम लागेको तथा कभर हटाइएको छ ।


वर्षाका कारण खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३ ओभर २ बलमा ३ विकेट गुमाएर १ सय ४१ जोडेको छ । कप्तान रोहित पौडेल ३० तथा कुशल मल्ल ३२ रनमा नटआउट छन् ।


Author

थप समाचार
x