नेपाल र कुवेतको खेल सुरु, ४२ ओभरमा छोट्याइयो
काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको खेल वर्षाका कारण प्रभावित बनेपछि खेल ४२ ओभरमा छोट्याइउको छ ।
दुबै इनिङ्सको ८-८ ओभर घटाइएको हो । अब दुबै टिमले ४२-४२ ओभर ब्याटिङ गर्ने भएका छन् ।
वर्षाका कारण खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३ ओभर २ बलमा ३ विकेट गुमाएर १ सय ४१ जोडेको छ । कप्तान रोहित पौडेल ३० तथा कुशल मल्ल ३२ रनमा नटआउट छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया