क्रिकेट

रोहित-कुशलको अर्धशतकमा नेपालले दियो कुवेतलाई २८१ रनको विशाल लक्ष्य

इकागज |
बैशाख १६, २०८० शनिबार १४:२८ बजे

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ । डिएल मेथठअनुसार कुवेतले सो लक्ष्य पाएको हो । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रनको योगफल तयार पार्यो । वर्षाका कारण खेल प्रभावित बनेपछि ओभर घटाइएको थियो ।


नेपालका लागि विशाल योगफल तयार पार्दा कप्तान रोहित पौडेलले ९४ रन बनाए । शतक बनाउन ६ रन हुँदा आउट भएका रोहितले ७ चौक र ३ छक्का हिर्काए ।

कुशल मल्लले ४४ बलमा ५७ रन बनाउँदा समान ४ चौका र ४ छक्का हिर्काए । कुशल भुर्तेलले ४३ रन, आशिफ शेखले ३१ रन तथा आरिफ शेखले १९ रन जोडे ।

कुवेतका लागि मोहम्मद अस्लम र अदनान इदरिसले ३-३ विकेट लिए । यासिन पटेल र सयद मोनिवले एक-एक विकेट हात पारे ।  


Author

थप समाचार
x