त्रिवि मैदानमा पुनः वर्षा, राेकियाे नेपाल र कुवेतबीचकाे खेल
काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल पुनः वर्षाका कारण प्रभावित बनेको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्धको सेमिफाइनलमा खेलमा कुवेतले २ सय ८१ रनको लक्ष्य पछ्याइरहँदा पुनः पानी परेको हो । कुवेतले ६ विकेट गुमाइसकेको छ ।
करण केसीले ५ तथा सोमपाल कामीले १ विकेट लिएका छन् ।
यसअघि वर्षाले खेल प्रभावित हुँदा ४२ ओभरको खेल खेलाइने तय भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया