क्रिकेट

ओमान र कुवेतको खेल वर्षाका कारण रोकियो

इकागज |
बैशाख १७, २०८० आइतबार १२:२४ बजे

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि ओमान र कुवेतबीच जारी खेल वर्षाले प्रभावित बनेको छ ।

त्रिवि क्रिकेट मैदानमा ओमानले १ सय ३१ रनको लक्ष्य पछ्याइरहँदा वर्षा सुरु भएपछि खेल प्रभावित बनेको हो । ओमानले ६ ओभरमा ४१ रन बनाएर खेल्दै गर्दा वर्षा सुरु भएको हो ।


ओमानका लागि जतिन्दर सिंहले २६ रन तथा कश्यप प्रजापती १३ रन बनाएर खेलिरहेका छन् ।


Author

थप समाचार
x