संजय गुरुङ बने ओडिआई क्रिकेट खेलाउने चौँथो नेपाली अम्पायर
काठमाडौँ- संजय गुरुङ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलाउने चौँथो नेपाली अम्पायर बनेका छन् । एसीसी प्रिमियर कपअन्तर्गत ओमान र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच शनिबार भएको एकदिवसीय अन्तर्राष्ट्रिय खेल संजय गुरुङले खेलाएका थिए ।
ओमानलाई डिएल मेथडबाट पराजित गर्दै यूएई प्रतियोगिताको फाइनल प्रवेश गर्दा मुलपानी क्रिकेट मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको थियो । मुलपानी क्रिकेट मैदानले ओडिआईको मान्यता पाउँदा संजयले भने पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा अम्पायरिङ गरेको नेपाल क्रिकेट संघले जनाएको छ ।
यसअघि बुद्धि प्रधान, दुर्गा नाथ सुवेदी र विनय कुमार झाले एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलाउने गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया