नेपाल र यूएईसँगै ओमान इमर्जिङ टिम्स एसिया कपका लागि छनोट
काठमाडौँ- ओमानले एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा स्थान बनाएको छ ।
नेपालमा जारी एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेल वर्षका कारण हुन नसकेपछि कुवेतलाई पछि पार्दै ओमानले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएको हो । वरीयतामा ओमान विजयी भयो ।
यता प्रिमियर कपको फाइनलमा स्थान बनाएका नेपाल र युनाइटेड अरब इमिरेट्स पनि इमर्जिङ टिम्स एसियाका लागि छनोट भइसकेका छन् । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ‘ए’ टिमको सहभागिता रहनेछ ।
आइतबार त्रिवि मैदानमा कुवेतले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले ६ ओभर ४१ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ३१ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १३० रनमात्र बनाउन सक्यो । कुवेतका लागि अदनान इदरिसले सर्वाधिक ३४ रन बनाए । सयद मोनिवले २८ रन तथा यासिन पटेलले १७ रन जोडे ।
ओमानका लागि जय ओडेड्राले ५ विकेट, विलाल खानले २ विकेट तथा जतिन्दर सिंह, आयान खान र जिसन मक्सुदले १-१ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया