गुलशन झाले नेपालको खेललाई लयमा ल्याउँदै
काठमाडौँ- एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालले लयमा फर्किन खोज्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालका गुलशन झाले खेललाई लयमा ल्याउने प्रयास गरिरहेका छन् ।
कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा निराश भएका घरेलु दर्शकलाई गुलशन झाले आशा जगाएका छन् । उनले ५८ बलमा तीन चौका र चार छक्काको मद्दतमा ४७ रन जोडेका छन् ।
नेपालले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६९ रन जोडेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया