आईपीएलः बैँग्लोरलाई पराजित गर्दै दिल्लीले हात पार्यो चौँथो जित
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले चौँथो जित हात पारेको छ । शनिबार राति घरेलु मैदानमा रोयल च्यालेन्जर्स बैँग्लोरलाई ७ विकेटले पराजित गर्दै दिल्लीले १० खेलमा चौँथो जित हात पारेको हो । बैँग्लोरको भने १० खेलमा यो पाँचौ पराजय हो ।
शनिबार राति १ सय ८२ रनको लक्ष्य दिल्लीले १६ ओभर ४ बलमै ३ विकेट गुमाएर पूरा गर्यो । दिल्लीलाई जित दिलाउन फिल साल्टले ४५ बलमा ८७ रनको योगदान गर्दा ६ छक्का र ८ चौका हिर्काए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बैँग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । उसका लागि विराट कोहलीले ५५ रन तथा महिपाल लोमरोरले ५४ रन जोडे । दिल्लीका मिचेल मार्सले सर्वाधिक २ विकेट हात पारे ।
शनिबार नै चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्यो ।
आईपीएलमा आज पनि दुई खेल हुने तालिका रहेको छ । पहिलो खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सको सामना गर्नेछ । त्यसैगरी, दोस्रो खेल राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया