क्रिकेट

अस्ट्रेलियाविरुद्धको फाइनलअघि रोहितलाई आईपीएलबाट विश्राम लिन गभास्करको सुझाव

इकागज |
बैशाख २४, २०८० आइतबार १३:५३ बजे

काठमाडौँ- पूर्व भारतीय क्रिकेटर सुनिल गभास्करले भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले विश्व टेस्ट च्याम्पियनसीपको फाइनलअघि इन्डियन प्रिमियर लिग (आईपीएल) बाट विश्राम लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

पूर्व ब्याट्सम्यान गभास्करले अस्ट्रेलियाविरुद्धको फाइनलको तयारीका लागि कप्तान शर्माले आईपीएलबाट विश्राम लिनुपर्ने बताएको रोयटर्सले जनाएको छ । टेस्ट च्याम्पियनसीपअन्तर्गत भारत र अस्ट्रेलियाबीचको फाइनल इंग्ल्यान्डको ओभलमा जुन ७ बाट सुरु हुँदैछ ।


गभास्करले अस्ट्रेलियाविरुद्धको फाइनलका लागि फिट हुनका लागि पनि शर्मालाई विश्रामको आवश्यकता रहेको धारणा राखे । आईपीएलमा शर्माले मुम्बई इन्डियन्सको कप्तानी गरिरहेका छन् तर उनको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन । 

गभास्कले आईपीएलबाट विश्राम लिए ओपनिङ ब्याट्सम्यान तथा कप्तान शर्माको ‘फिटनेस’ तथा आत्मविश्वासका लागि महत्वपूर्ण हुने बताए ।

 


Author

थप समाचार
x