क्रिकेट

आईपीएलः आर्चरको स्थानमा जोर्डनले मुम्बईका लागि खेल्ने

इकागज |
बैशाख २६, २०८० मंगलबार १३:३१ बजे

काठमाडौँ- इंग्लिस फास्ट बलर क्रिस जोर्डनले मुम्बई इन्डियन्सका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् । अर्का इंग्लिस फास्ट बलर जोफ्रा आर्चरले मुम्बईका लागि आईपीएलका बाँकी खेल गुमाउने भएपछि जोर्डनले खेल्ने भएको आईएएनएसले जनाएको छ ।

मुम्बईले जोर्डनलाई २ करोड भारतीय रुपैयाँमा भित्र्याएको हो । सन् २०१६ मा आईपीएलमा डेब्यू गरेका जोर्डनले २८ खेलमा २७ विकेट हात पारेका छन् ।


उनले इंग्ल्यान्डका लागि ८७ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ९६ विकेट समेत लिएका छन् ।

यता आर्चर भने रिहाबिलिटेसनका लागि इंग्ल्यान्ड फर्किने भएका छन् ।


Author

थप समाचार
x