क्रिकेट

आईसीसीको आम्दानी वितरण

भारत एक्लैले २३१ मिलियन डलर पाउँदा सम्पूर्ण एसोसियट राष्ट्रलाई ६७ मिलियनमात्रै

इकागज |
बैशाख २७, २०८० बुधबार १४:१७ बजे

तस्बिरः क्रिकइन्फो

काठमाडौँ- इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को प्रस्तावित योजना अनुसार आगामी चार वर्ष आईसीसीले गर्ने आम्दानी वितरणमध्ये प्रत्येक वर्ष साढे ३८ प्रतिशत भारतले पाउने भएको छ ।

आईसीसीले आम्दानी मध्ये वार्षीक ६ सय मिलियन अमेरिकी डलर वितरण गर्दा भारत एक्लैले २ सय ३१ मिलियन डलर पाउने क्रिकइन्फोले जनाएको छ र


भारतपछि सर्वाधिक पाउनेमा इंग्ल्यान्ड हुनेछ । इंग्ल्यान्डले वार्षिक ४१.३३ मिलियन पाउनेछ । अस्ट्रेलियाले ३७.५३ तथा पाकिस्तानले ३४.५१ मिलियन डलर पाउनेछन् ।

समग्रमा आईसीसीको १२ ‘फुल मेम्बर’ राष्ट्रले ५३२.८४ मिलियन पाउनेछ । बाँकी सबै एसोसियट राष्ट्रहरुले जम्मा ६७.१६ मिलियन पाउनेछन् ।


Author

थप समाचार
x