क्रिकेट

शकिबले आयरल्यान्ड र अफगानिस्तानविरुद्धको खेल गुमाउने

इकागज |
बैशाख ३१, २०८० आइतबार ११:५२ बजे

काठमाडौँ- बंगलादेशका अलराउन्डर शकिब अल हसनले आयरल्यान्डविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल गुमाउने भएका छन् । शकिबले आयरल्यान्डविरुद्धको दोस्रो खेलका क्रमम शुक्रबार दाहिने हातको औँलामा चोट बोकेका थिए ।

शकिबको औँला भाचिएको तथा उनी कम्तिमा पनि ६ हप्ता मैदान बाहिर हुने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ । तर शकिबको स्थानमा अर्को खेलाडीलाई टिममा बोलाइएको छैन ।


यसैबीच, शकिबले जुनमा अफगानिस्तानविरुद्ध हुने एकमात्र टेस्ट खेल पनि गुमाउने भएका छन् ।


Author

थप समाचार
x