आईसीसी टी-ट्वान्टी वरीयताः नेपाल एक स्थान तल झर्यो
काठमाडौँ- आईसीसीको टी-ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीको ‘अपडेट’ गरेको पछल्लो वरीयताअनुसार नेपाल एक स्थान तल अर्थात १७ औँ स्थानमा झरेको हो ।
नेपाल यसअघि १६ औँ स्थानमा थियो । यूएई १६ औँ स्थानमा छ । नामिबिया (१३), स्कटल्यान्ड (१४) तथा नेदरल्यान्ड्स (१५) पनि वरीयतामा नेपालभन्दा माथि रहेका छन् ।
भारत, इंग्ल्यान्ड र न्यूजिल्यान्ड वरीयताको शीर्ष तीनमा रहेका छन् ।
टी-ट्वान्टीको ब्याटिङतर्फको वरीयतामा दिपेन्द्र सिंह ऐरी ६२ औँ तथा बलिङतर्फ सन्दीप लामिछाने ७० औँ स्थानमा छन् । अलराउन्डरतर्फ दिपेन्द्र सिंह ऐरी १४ औँ स्थानमा छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया