आईपीएलः बैँग्लोरविरुद्ध राजस्थान ५९ रनमै अलआउट
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैँग्लोरविरुद्ध राजस्थान रोयल्स ५९ रनमै अलआउट भएको छ । जयपुरमा आइतबार राति भएको खेलमा बैँग्लोरविरुद्ध १ सय १२ रनको पराजय भोग्दा राजस्थान ५९ रनमै अलआउट भएको हो ।
१ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले १० ओभर ३ बलमा सबै विकेट गुमाउँदै ५९ रनमात्र जोड्न सक्यो । आईपीएलको इतिहासमा यो तेस्रो सर्वाधिक कम रन हो । यसअघि सन् २०१७ मा बैँग्लोरले कलकता नाइट राइडर्सविरुद्ध ४९ रनमात्रै जोडेको थियो भने राजस्थानले नै सन् २००९ मा बैँग्लोरविरुद्ध ५८ रनमात्र बनाएको थियो ।
आइतबार राति राजस्थानका लागि शिमरोन हिटमेयरले सर्वाधिक ३५ रन बनाए । राजस्थानका चार खेलाडी शून्य रनमा आउट भए । बैँग्लोरका वायन पार्नेलले सर्वाधिक ३ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैँग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन जोड्यो । उसका लागि कप्तान फाफ डु प्लेसिसले ५५ तथा ग्लेन म्याक्सवेलले ५४ रन बनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया